नव वर्ष २०१० को पावन अवसर पारी, ०१ जनवरी २०१० को दिन कुवेतको मालियास्थित एसिया-एसिया रेष्टुरेण्टमा कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलज्यू र वहाँकी धर्मपत्नी सिता पौडेलज्यूको भव्यताका साथ स्वागत गरिएको छ । NRNA कुवेतले आयोजना गरेको उक्त स्वागत समारोहको संचालन NRNA कुवेतका सचिव सुजन के. सि. ले गर्नु भएको थियो भनें NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्गको सभापतित्व र महामहिम राजदूत मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।
यसैगरी अन्य अतिथीहरुमा समाजसेवी- मित्र सिंजाली, NRNA कुवेतका महासचिव- आगम बहादुर लिम्बु, NRNA-ICC कुवेतका कोर्डिनेटर- राजन कुँवर, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष- किरण पौड्याल, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका वरिष्ट सल्लाहाकार- बाल कुमार गुरुङ्ग, नयाँ नेपाल क्लवका अध्यक्ष- दिल बहादुर पुन, युनिटी लाईफ जन जागृति टिमका सचिव एवं नेपालकुवेत डट कमका प्रधान सम्पादक- राजन रिमाल, नेपाल कुवेत साँस्कृतिक मन्चका अध्यक्ष- मान बहादुर मगर, प्रवासी युवा सँघका अध्यक्ष- अर्जुन बस्नेत, अल्घानिम सेक्युरिटी कम्पनिका प्रतिनिधि- नेत्र बहादुर लिम्बु, प्रवासी पत्रकार मन्च कुवेतका सल्लाहाकार- तोयानाथ दाहाल, इस्लामिक प्रिजेन्टेशन कमिटिका प्रतिनिधि- केदार नाथ खरेल, पत्रकार एवं महिला प्रतिनिधि- बिष्णु पन्थी, महिला प्रतिनिधि- पुर्णिमा राई, बुद्दिजिबी एवं KNPC का चिफ इन्जिनियर- एस. पि. प्रधान, हिमालयन बैंकका प्रतिनिधि- शैलेन्द्र श्रेष्ठ, तमू समाज कुवेतका अध्यक्ष- अमर बहादुर गुरुङ्ग र पत्रकार डेस्कबाट कुवेतनेपाल डट कम लगायत अन्य सम्पूर्ण पत्रकारहरु रहनु भएको थियो ।
कार्यक्रम NRNA कुवेतका महासचिव आगम बहादुर लिम्बुको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो भनें स्वागत कार्यक्रम क्रमश: NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग दम्पती, उपाध्यक्ष धर्मराज गिरी दम्पती, अन्य NRNA कुवेतका पदाधिकारीहरु, अन्य अतिथिहरु र बिभिन्न सँघ-संस्थाका प्रतिनिधिहरु एवं सर्व साधारणबाट समेत महामहिम राजदूत दम्पतिलाई दोसल्ला ओढाइ र फूलमाला पहिर्याइ भव्य स्वागत गरियो ।
यसैगरी शुभकामना मन्तव्य दिनेहरुमा मित्र सिंजाली, किरण पौड्याल, दिल बहादुर पुन, राजन रिमाल, नेत्र बहादुर लिम्बु, मान बहादुर मगर, बाल कुमार गुरुङ्ग, अर्जुन बस्नेत, केदार नाथ खरेल, तोयानाथ दाहाल, बिष्णु पन्थी र पुर्णिमा राई हुनु हुन्थ्यो भनें NRNA कुवेतका उपाध्यक्ष एवं माउण्ट एभरेष्ट क्लवका समेत उपाध्यक्ष नै रहनु भएका धर्मराज गिरीले NRNA को विश्वव्यापी संजाल, NRNA को उद्देश्य, NRNA को चौंथो महाधिवेशनमा आफुले उठाएका मुद्दाहरु र NRNA कुवेतको बिगत, वर्तमान र भावी कार्ययोजनाहरु बारे प्रकाश पार्नु भएको थियो । यसै अवसरमा NRNA कुवेतले महासचिव आगम बहादुर लिम्बु मार्फत आफ्नो एक प्रतिवेदन समेत महामहिम राजदूतलाई बुझाएको छ ।
यसैगरी नेपाल कुवेत साँस्कृतिक मन्चका सु-प्रख्यात गायकहरु राजेन्द्र बिरही- स्वागत गीत, रत्ना बराल र गोबिन्द बराल- हे कान्छा, कृष्ण लिम्बु- म नेपाली जस्ता सु-प्रसिद्द गीतहरु ट्रयाकमै गाएर कार्यक्रमलाई निकै मनोरन्जनात्मक र आकर्षक पार्नु भएको थियो भनें कृष्ण प्रसाद आचार्यले राजदूत स्वागतार्थ कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रमको अन्तिम चरणमा महामहिम राजदूत मधुवन प्रसाद पौडेलले मन्तव्यको क्रममा सबैलाई नयाँ सालको शुभकामना दिनु भयो र आफ्नो स्वागतार्थ यती धेरै नेपालीहरु उपस्थित भएकोमा आफुलाई खुशी लागेको बताउँदै, कुवेतमा दूतावास संचालन हुन करिब अझै महिना दिन लाग्ने र १५ दिन सम्ममा दूतावासका अन्य कर्मचारीहरु आईपुग्ने र आफुले नेपाल-कुवेतबीच द्विपक्षिय सम्बन्ध सुधार, आर्थिक कूटनीतिमा जोड, श्रम सम्झौता कायम गर्ने, दुई देशबीच व्यापार तथा पर्यटन बिकासमा जोड दिने, कुवेतवासी नेपालीहरुको लागि नै आफु नियूक्ती भई आएकोले आफु हर सम्भव नेपालीहरुको सुख-दु:खमा साथ दिने र परेको खण्डमा हर पिडित नेपालीहरुको दैलो-दैलो र जेलको द्वारसम्म जान समेत आफु पछी नपर्ने बताउनु भयो । जुन अवसरमा लगभग १००० देखी १५०० को हाराहारिमा स्वागतार्थ उपस्थित जनसमुदायले जोडदार तालिले स्वागत गर्दा कार्यक्रम हल नै गुन्जयमान भएको थियो भनें नेपालकुवेत डट कमको प्राविधिक टोलिले कार्यक्रमको प्रत्यक्ष (लाइभ) प्रसारण गरिरहेको थियो, जुन प्रसारण विश्वव्यापी रुपमा १२ हजार नेपालीहरुले हेरिरहेको तथ्यांकले जनाएको थियो । कार्यक्रममा सवाल-जवाफको शिलशिलामा बिभिन्न पत्रकार, सँघ-संस्था र सर्वसाधारणबाट गरिएको प्रश्नको महामहिम राजदूतले निकै संयमताका साथ जवाफ दिनु भएको थियो ।
यसैगरी कार्यक्रमको अन्त्यमा सभापति राजेन्द्र तामाङ्गले उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना दिंदै, NRNA कुवेतले पनि हमेशा नेपालीहरुको सुख-दु:खमा साथ दिने कुरा बताउँदै र महामहिम राजदूतको पुन: स्वागत गर्दै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।
कार्यक्रमको अन्य फोटोहरु:


